+
+

तेस्रो संक्रमितसँगै एयर अरेबियाको विमानमा थिए १६९ यात्रु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १४:३५

१३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका व्यक्ति सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ ।

चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो । अब उनीसँगै विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ ।

स्रोतकाअनुसार एयर अरेबियाको उडान नम्बर जी-९५३७ मा उनीसहित १७० जना यात्रु थिए ।

अध्यागमन विभागले उनीहरुको सूची तयार पारेर प्रहरीलाई पठाएको छ । अब प्रहरीले उनीहरुसँग सम्पर्क स्थापित गरेर होम क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन भन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?