१३ चैत, काठमाडौं । चीनबाट सामाग्री किनेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न चाहनेहरुलाई एक निजी कम्पनीले निःशुल्क ढुवानी गरिदिने भएको छ ।
चीनको सिल्क ट्रान्सपोर्ट नामक कम्पनीले सहयोग गर्न चाहनेहरुलाई सडक मार्गबाट निःशुल्क ढुवानीको व्यवस्था गरिदिने भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनका सदस्य सुरेश कोइरालाले चीनका विभिन्न ७ वटा शहरबाट कम्पनीले काठमाडौंसम्म निःशुल्क ढुवानी गरिदिने बताए ।
‘यतिबेला सबैले सहयोग गर्ने बेला हो, सामाग्री सहयोग गर्न चाहनेहरुलाई ढुवानीको समस्या हुन्छ’ अनलाइनखबरसँगको कुराकानीमा कोइरालाले भने, ‘ढुवानी सम्बन्धी नै काम गरिरहेको हाम्रो कम्पनीले यस्तो अवस्थामा निःशुल्क सहयोग गर्नेछ ।’
उनका अनुसार चीनको कम्पनीले चीनको ग्वाञ्जो, इयू,, छेन्दु, हपे, लान्चो, फनीयान भन्ने ठाउँहरुबाट काठमाडौंसम्म ढुवानी गरिदिनेछ । चीनबाट सामाग्री किनेर सहयोग गर्न चाहनेहरु व्यक्ति वा संस्था जो कोहीले पनि सम्पर्क गर्न सक्ने कोइरालाले बताए ।
उनले भने, ‘यसका लागि सिल्क ट्रान्सपोर्टका प्रमुख रमेश शेर्पा (९८५१०६४३३४) वा मलाई ९८४५१७१३०२ (नेपाल) र १७८०३३२५१५० (चीन) मा सम्पर्क गर्न सक्नुहुनेछ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4