Comments Add Comment

पोखराबाट ५८ पर्यटक उद्दार गरेर यती एयरलाइन्समार्फत् काठमाडौं ल्याइँदै

चैत १४, काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पोखरामा अलपत्र पर्यटकहरुलाई उद्दार गरेको छ । सरकारले यती एयरलाइन्समार्फत् उनीहरुको उद्दार गरी शुक्रबार काठमाडौं ल्याउँदैछ । ५८ जना पर्यटकहरुमा धेरै स्वीस नागरिक र केही युरोपियन देशका नागरिकहरु रहेका छन् ।

काठमाडौंस्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमती लिएर निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले पर्यटकहरु उद्दारका लागि विमान पठाएको हो ।

यती एयरलाइन्सको ७२ सिट क्षमता भएको विमान यात्रु लिन त्रिभुवन विमानस्थलबाट साँझ ५ बजे पोखरातर्फ प्रस्थान गरेको थियो । यसका साथै यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले हिजो लुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र आज बिहान पनि १४ जना अस्ट्रेलियन नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो ।

लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एयरलाइन्सले जहाज पठाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment