+
+

अख्तियारका आयुक्तद्वारा कोभिड-१९ राहत कोषमा १५ दिनको तलव

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १४:४७

१५ चैत, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुले कोरोना भाइरस (कोभिड-१९) को जोखिम सामना गर्न सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा १५ दिनको तलव उपलब्ध गराउने भएका छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि १५ दिनको तलव राहत कोषमा सहयोग गर्ने जानकारी गराएका हुन् ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्तहरु डा. गणेशराज जोशी र डा. सावित्री थापा गुरुङले आफ्नो १५ दिनको तलब राहत कोषमा उपलब्ध गराउने निर्णय भएको कोइरालाले बताए ।

आयोगमा कार्यरत सचिव लगायतका कर्मचारीहरुको हकमा नेपाल सकारले गरेको निर्णय अनुसार सहयोग रकम राहत कोषमा जम्मा गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?