+
+

केजरीवालले दैनिक चार लाख मानिसलाई खाना बाँड्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १९:०७

१५ चैत, काठमाडौं । दिल्ली सरकारले दैनिक चार लाख मानिसलाई खाना खुवाउने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार पत्रकार सम्मेलन गर्दै चार लाख मानिसलाई दैनिक खाना खुवाउने व्यवस्था मिलाएको बताएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विपन्न परिवार बढी प्रभावित बनेको भन्दै उनले पाँच सय विद्यालय र दुई सय ३८ टहरामा उनीहरुलाई खाना बाँडिने बताए ।

मुख्यमन्त्री केजरीवालले भने, ‘प्रशासनको उडान टोलीले प्रत्येक जिल्लामा घुम्दै खाद्य संकट परेकालाई खाद्यान्न वितरण गरिरहेको छ । भोलिदेखि सहज ढंगले सुरु हुने र सबै स्थानमा खाना पुग्नेछ ।’

केजरीवालका अनुसार सबै विधायकलाई सबै प्रवासी मजदुरहरूलाई दिल्ली नछोड्न अनुरोध गर्न आग्रह गरेको र उनीहरुका लागि व्यवस्था मिलाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?