+
+

भोरले एक सय विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १०:२४

१६ चैत, जनकपुरधाम । भोर नामक सामाजिक संस्थाले लकडाउनको अवधिभर तीन वटा प्रदेशका एक सय विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको छ ।

प्रदेश १ का १०, प्रदेश २ का ८० र वागमती प्रदेशका १० विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले बताए । प्रदेश २ का आठ जिल्लाका १०/१०, वागमती प्रदेशको राजधानी हेटौंडा र प्रदेश १ को राजधानी विराटनगरका १०/१० वटा विपन्न परिवारलाई खाद्यान्न दिन लागिएको उनले बताए ।

‘लकडाउनका कारण छाक टार्न समस्या भएका विपन्न परिवारलाई लकडाउन अवधिभर खाद्यान्न उपलब्ध गराउँछौं,’ महतोले भने, “दुई हप्ता, तीन हप्ता जति समय लकडाउन हुन्छ, त्यत्ति समयसम्मका लागि खाद्यान्न दिन्छौं ।”

उनले चामल, दाल, खाने तेल, नुन र चिउरा उपलब्ध गराइने बताए । यति गर्दा त्यस्ता परिवारले आफ्नो तीन छाक टार्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?