+
+

विपन्नका लागि प्रदेश २ सरकारले विशेष प्याकेज ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १२:०५

१६ चैत, जनकपुरधाम ।  प्रदेश २ सरकारले लक डाउनको अवधिमा विपन्न, किसान, मजदुर र श्रमिकका लागि विशेष प्याकेज ल्याउने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेको समयमा छाक टार्न समस्या हुनेहरुका लागि प्रदेश सरकारले प्याकेज ल्याउन लागेको हो । प्याकेजका निम्ति सबै स्थानीय तहलाई रकम पठाउने र सम्भवतः भोलिसम्ममा यसको कार्यविधि बनिसक्ने प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले आइतबार बिहान आयोजना गरेको सर्वपक्षीय बैठकले छाक टार्न समस्या हुनेको पहिचान गर्ने निर्णय गरेको छ । यसका निम्ति सबै स्थानीय तहलाई निर्देशन दिइएको भूमी, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार छाक टार्न समस्या भइरहेका विपन्न, किसान, मजदुर र श्रमिकलाई खाद्यान्न उपलब्ध गराउन प्रत्येक स्थानीय तहलाई रकम पठाउने निर्णय समेत भएको छ । निर्णय अनुसार महानगरपालिकालाई २५ लाख, उप महानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख उपलब्ध गराइनेछ ।

‘यो रकम अन्य कुनै काममा खर्च गर्न पाइँदैन’ मन्त्री साहले भने, “लकडाउनको समयमा खान समस्या हुनेका लागि मात्रै प्रयोग गर्न सकिन्छ ।”

प्याकेज कस्तो उपलब्ध गराउने सन्दर्भमा कार्यविधि तयार हुन लागेको बताउँदै मन्त्री साहले सम्भवतः आजै नभै भोलिसम्म यो कार्यविधी बनिसक्ने जानकारी दिए ।

प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिकासहित १ सय ३६ वटा स्थानीय तह रहेको छ ।

प्रदेश सरकारले आयोजना गरेको बैठकमा सत्तारुढका साथै प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेसका नेताहरुको समेत सहभागिता रहेको थियो । प्रतिपक्षीले पनि कोरोनाविरुद्वको लडाइँमा सरकारलाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?