Comments Add Comment

कोभिड-१९ कोषमा सामूहिक विकास सहकारीको तीन लाख

१५ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को रोेकथाम तथा उपचारका लागि रुपन्देहीको तिलोत्तमा शंकरनगरस्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सहकारीले प्रदेश ५ सरकार र तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोषमा क्रमशः दुई लाख र एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

सहकारीले सामाजिक सेवा कोषमा जम्मा भएको रकमबाट कोरोना रोकथाम तथा उपचार कोषका लागि रकम प्रदान गरेको संस्थाका अध्यक्ष सुरेन्द्रकुमार वर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment