+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौं महानगरपालिकाले विपन्न र मजदुरको लगत संकलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १४:०४

१६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारी मजदुरको लगत संकलन गर्ने भएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं जिल्लाका उपलब्ध प्रदेशसभा सदस्य र सुरक्षा अधिकारीसँगको छलफलमा महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले छिटै लगत संकलन गर्ने बताएका हुन् ।

शाक्यले राहत वितरणको काम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा एकद्ववार प्रणालीबाट गरिने पनि बताए ।

उनले विपन्नलाई भोकै पर्ने दिन आउन नदिने पनि बताए ।

नगर प्रमुख शाक्यले सरकारले तोकेको मापदण्डअनुसार कम्तीमा ५ सय जना अट्ने क्वारेन्टाइनस्थल बनाउने बताएका छन् । ‘हामी संघीय सरकारले तोकेको मापदण्ड अनुसार नै क्वारेन्टाइनका लागि छिट्टै भौतिक पूर्वाधार निर्माण गर्न तयार छौँ,’ उनले भने, ‘तर, हामीसँग पर्याप्त जनशक्ति स्वास्थ्य सामग्री नभएकाले उपलब्ध गराउन आग्रह पनि गर्दछु ।’

त्यसैगरी प्रमुख शाक्यले खाद्यान्नलगायतका अत्यावश्यक पसलहरु दिनभरी नै सञ्चालको पहल गर्ने पनि बताएका छन् ।

छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोनाको संन्त्रास कम गर्न जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, प्रदेश सभा तथा प्रदेश सभा सदस्यहरुका बीचमा साझा कार्यक्रम आवश्यक पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?