+
+

लकडाउनले पुगेको असुविधाप्रति मोदीले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १३:५६

१६ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लगाइएको लकडाउनले जनतालाई पुगेको असुविधाप्रति माफी मागेका छन् ।

आइतबार आफ्नो रेडियो कार्यक्रम मन की बातमा बोल्दै मोदीले लकडाउनको कारण गरिब मानिसहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेका हुन् । उनले भने, ‘म तपाईंहरुको समस्या बुझ्छु, तर कोरोना भाइरसविरुद्धको लडाइँमा यसको कुनै विकल्प थिएन ।’

प्रधानमन्त्री मोदीले सबै जनतालाई सुरक्षित राख्नका लागि नचाहेर पनि यस्तो निर्णय गर्नुपरेको बताए ।

यो संकटमा सहयोग गर्ने सबै मानिसलाई धन्यवाद पनि दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण एक हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?