+
+

लकडाउनमा खटिने बैंकका कर्मचारीलाई विशेष सुविधा

रोयल आचार्य रोयल आचार्य
२०७६ चैत १६ गते १५:४२

१६ चैत, काठमाडौं । लकडाउनका बेला पनि कार्यालयमा खटिने  बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले विशेष सुविधा पाउने भएका छन् । अप्ठेरो अवस्थामा पनि कार्यालयमा खटिएको अवधिको  गणना गरेर बैंकहरुले आफ्ना कर्मचारीहरुलाई विशेष सुविधा दिने भएका हुन् ।

वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले समेत विशेष सुविधा दिन सबै बैंकहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष भुवन दाहालले घरमा बस्ने र काम गर्ने कर्मचारीहरुलाई एकै किसिमको व्यवहार गर्न नमिल्ने भन्दै बैंकहरुलाई आग्रह गरिएको जानकारी दिए ।

‘हामीले अतिरिक्त सुविधा दिनुपर्छ भनेर सबै बैंकहरुलाई भनिसकेका छौं’ अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष दाहालले भने, ‘बैंकहरुले आ-आफ्नो तरिकाले दिनुहोला ।’

उनका अनुसार कुनै बैंकले विशेष भत्ताको व्यवस्था गर्न सक्नेछन् भने कसैले तालिममा पठाउने अथवा अन्य प्रोत्साहन हुने सुविधा दिन सक्नेछन् ।

संघले ‘यो नै गर्नू’ भनेर निर्देशन नदिएको दाहालको भनाइ छ । बैंकहरुले आ-आफ्नो तरिकाले सुविधा दिने उनले बताए ।

‘हामीले त अनुरोध गर्ने मात्रै हो, राष्ट्र बैंकले जस्तो निर्देशन दिन मिल्दैन’ उनले भने, ‘बैंकहरुले लकडाउनमा खटिने कर्मचारीहरुलाई इनकरेज हुने खालको सुविधा दिननेछन् ।’

संघको सिफारिसपछि बैंकहरुले पनि विशेष भत्ता दिने भएका छन् । तलबको तेब्बरसम्म भक्ता सुविधा दिन लागिएको एक वाणिज्य बैंकका सीईओले बताए ।

‘हामीले तेब्बरसम्म भत्ता दिने सोचेका छौं, तर बोर्डबाट पास हुन बाँकी छ’ ती बैंकरले भने ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?