+
+

सी चिनफिङलाई प्रचण्डको बधाई पत्र, नेपाललाई सहयोगको अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १६:४३

१६ चैत, कठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिँदै राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीलाई प्रचण्डले आइतबार पठाएको पत्रमा चिनियाँ जनजीवनलाई सामान्य अवस्थामा ल्याउने सफलताप्रति बधाई दिएका हुन् ।

उनले पत्रमा नेपाल अहिले कोरोना संक्रमणको महामारीविरुद्ध लडिरहेको भन्दै चीनको तर्फबाट नेपाललाई आवश्यक सहयोगको अपेक्षासमेत गरेका छन् ।

प्रचण्डले जतिसक्दो चाँडो नेपालका लागि आवश्यक मेडिकल सामग्रीलगायत चीनबाट प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?