+
+

माडीमा घर जल्दा एक बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १९:१६

१६ चैत, काठमाडौं । चितवनको माडीस्थित सुकुम्बासी शिविरमा रहेको एक टहरामा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित परुई खोला नजिकै सुकुम्बासी शिविरमा बस्दै आएका रामकुमार चेपाङकी ९ वर्षीया छोरी रोजिना रहेकी छिन् ।

माडी प्रहरीका अनुसार घरमा कोही नभएको समयमा आइतबार दिउँसो करिब एक बजेको समयमा चेपाङको घरमा अचानक आगलागी हुँदा रोजिनाको मृत्यु भएको हो ।

आगलागीबाट चेपाङ परिवार बस्दै आएको टहरा जलेर पूर्णरुपमा क्षति पुगेको र आगलागी के कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?