
१६ चैत, चितवन । चितवनबाट शनिबार कोभिड १९ परीक्षणका लागि काठमाडौं पठाइएको चार जनाको नमूना परीक्षण नतिजा नेगेटिभ आएको छ ।
भरतपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका चारै जनाको स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए ।
आइतबार थप तीन जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । तीमध्ये १ जना अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन्, २ जना सेल्फ क्वारेन्टाइनमा छन् ।
अस्पतालबाट अहिलेसम्म २७ जनाको स्वाब परीक्षणका लागि पठाइएको र तीमध्ये २४ जनाको नेगेटिभ आएको छ । अस्पतालबाट आइतबार २४ जनाले सेवा लिएका छन् । बार्डमा तीन जना भर्ना भएर बसेका छन् ।
चैत ७ गतेबाट सञ्चालनमा आएको भरतपुर कोरोना अस्पतालबाट आइतबारसम्म १९५ जनाले सेवा लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4