+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुनसान असन, सामान किन्न ३ फिटको दुरी (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७६ चैत १७ गते ९:०७

१७ चैत, काठमाडौं । काठमाडौंको प्रमुख बजार असन हिजोआज चकमन्न छ । लकडाउनका कारण मानिस घरबाहिर ननिस्केपछि दैनिक हजारौं मानिसको घुइँचो हुने असनमा हिजोआज फाट्टफुट्टमात्र पैदलयात्री भेटिन्छन् ।

सामान्य समयमा पैदल हिँड्न पनि मान्छे ठेल्दै हिँड्नु पर्ने असनमा अहिले दिनभरमा एकाध मान्छेमात्र देखिन्छ । लकडाउनको छैठौं दिन आइतबार रत्नपार्कबाट भोटाहिटीहुँदै असन जाँदा असन चोकमा दुई जना सुरक्षाकर्मीबाहेक अरु कोही थिएनन् । सुनसान असन छिचाल्दै थ्योरमा पुग्दा भने अलिकति माहोल बढेको थियो ।

झमक्क साँझ पर्नै लागेकाले उपभोक्ताहरु तरकारी, फलफुल तथा खाद्यान्न किन्नका लागि त्यहाँ उपस्थित थिए । तर, अन्य ठाउँमा जस्तो जथाभावी उपभोक्ता उभिएका थिएनन् ।

त्यहाँका व्यापारीले सामान किन्न ३ फिटको दुरी कायम हुने गरी ग्राहक उभिने ठाउँ बनाइदिएका छन् । सर्वसाधारणको भिड नबढोस् भनेर स्वयंसेवक टोली नै खटिएका हुन्छन्।

‘यहाँ आउनेहरु बुझ्दै बुझ्दैनन्, त्यही भएर हामी नियम पालना गराउन यहाँ खटिएका छौं’ काठमाडौं महानगर वडा नम्बर २७ का वडा सदस्य प्रवेशमान बज्राचार्यले भने ।

उनका अनुसार वडा कार्यालयले पसल अगाडि पहेँलो रङले घेरो बनाइदिएको छ । त्यहाँ किन्न आउने व्यक्तिहरु उक्त घेरोभित्र मात्र बस्नुपर्छ । घेरोहरुबीचको दुरी ३ फिटको छ ।

व्यक्तिहरुबीच ३ फिट दुरी कायम राखे कोरोना भाइरस सर्न सक्दैन भन्ने मान्यता छ । व्यापारी र ग्राहक दुबै पक्षलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।

तस्बिरहरु हेर्नुहोस्

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?