+
+

भारततर्फ मदिरा लैजाँदै गर्दा तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते १४:०४

१७ चैत, वीरगञ्ज । पर्साबाट भारततर्फ अवैध रुपमा मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका – १६ बस्ने रामपुकार चौरसिया, वीरगञ्ज– ३२ बस्ने ३० वर्षीय नारायण राम र २० वर्षीय राजन महरालाई पक्राउ गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अव्हान गरेको समयमा उनीहरु भने भारततर्फ अवैध रुपमा मदिरा लैजाँदै थिए । भारतको बिहार राज्यमा मदिरा खरिद, बिक्री र सेवन प्रतिबन्धित छ । त्यसैले नेपालबाट भारततर्फ मदिरा तस्करी हुनुको साथै भारतीयहरु मदिरा पिउनकै लागि नेपाल आउने गरेका छन् ।

आइतबार साँझ वीरगञ्ज–१६ स्थित वीरगञ्ज् भन्सार कार्यालय पछाडीबाट ३ कार्टुन कस्तुरी रक्सी सहित चौरसिया पक्राउ परेका हुन । राजन र नारायणलाई भने पर्सागढी नगरपालिका –४ भेडाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साइकलमा अवैध घरेलु मदिरा ३५ लिटर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र शाहीले जानकारी दिए ।

बरामद गरिएका मदिरा र साइकलसहित उनीहरुलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?