Comments Add Comment

राजविराजमा तरकारी बजार पनि बन्द

१७ चैत, सप्तरी । एक ठाउँमा मात्रै तरकारी बजार लगाउने निर्णय गरेपनि सामाजिक दुरी कायम नगरिँदा राजविराजमा तरकारी बजार पनि बन्द गरिएको छ ।

सोमबार बसेको नगरपालिकाको बैठकले सबै वडामा लाग्ने तरकारी बजार सोमबारदेखि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका प्रमुख शम्भु यादवले मंगलबारदेखि सबै वडामा सञ्चालन गरिएको तरकारी बजार पूर्ण रुपले बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

उनले तरकारी बेच्नेलाई ढकिया, ठेला र साइकलको माध्यमले घर–घर गई सुरक्षित रुपमा दुरी बनाएर बेच्न बैठकले प्रोत्साहित गर्ने निर्णय गरेको बताए ।

यसअघि राजविराजको राज रंगशालामा तरकारी बजार लगाउने निर्णय भएपनि सामाजिक दुरी कायम नगर्दा नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

नगर प्रमुख यादवले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि हामी प्रयासरत भएपनि यसका लागि सम्पूर्ण नगरवासीको सहयोगको खाँचो भएको भन्दै आ–आफ्नो घरभित्र बस्न सबैसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment