
१७ चैत, काठमाडौं । सरकारले गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
केही दिनअघिको मन्त्रिपरिषद् बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
समिति सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
समितिले तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्छ र तीमध्ये एकजनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4