+
+

भक्तपुरबाट गएको जिप रामेछापमा दुर्घटना, ३० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते ८:४५

१८ चैत, काठमामडौं । रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछापका डीएसपी बसन्त पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

प्रहरीले दुर्घटना भएको खबर पाउनेवित्तिकै बिहान ५ बजे घाइते ३० जनाको उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।

लकडाउनको समयमा भक्तपुरमा अलपत्र परेकाहरु राति जिप चढेर रामेछापको विभिन्न गाउँ फर्किन लागेका थिए ।

चालकले स्थानीय प्रशासनसँग अनुमति लिएर रामेछापतर्फ आएको बताए पनि अनुमति लिएको पुष्टि नभएको डीएसपी पाठकले बताए ।

पाठकका अनुसार जिपमा सवार सबै भक्तपुर क्षेत्रमा मजदुरी काम गर्दै आएका मानिस र तिनका परिवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?