+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

२०७७ सालको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते ९:२६

१८ चैत, काठमाडौं । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ ।

सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् ।

२०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ । सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ ।

कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ । ३० गते आइतबार म्ह:पूजा र मंसिर १ गते सोमबार गोवर्द्धन पूजा, भाइटीका र नेपाल संवतको नयाँ वर्ष एकैदिन परेको छ ।

२०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसँग भने, ‘२०७७ सालको असोजमा मलमास परेकाले हाम्रा चाडपर्व पर सरेका हुन् ।’

२०७६ सालमा दशैंको टीका असोज २१ गते र तिहारको भाइटीका कात्तिक १२ गते परेका थिए ।

धर्मशास्त्रका जानकारहरुका अनुसार मलमास परेको वर्ष चाडपर्वहरु सामान्यतया एक महिना पर सर्छन् । मलमास प्रत्येक तेस्रो वर्षमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?