+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रसुवागढी नाका खोल्ने निर्णयप्रति वडाध्यक्षको आपत्ति

निर्णय फिर्ता लिन माग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते ११:१३

१८ चैत, काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिकाको दुई नम्बर वडा कार्यालयले रसुवागढी नाका खोल्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको गत बुधबार बसेको बैठकले समान आयात निर्यातका लागि उक्त नाका खोल्ने निर्णय गरेको थियो ।

कोरोनाको महामारी नरोकिएसम्म रसुवागढी नाका तथा वडाक्षेत्रमा आवतजावत गर्न नदिने भन्दै गोसाइकुण्ड गाउँपालिका दुई नम्बर वडाका वडाअध्यक्ष दावा दिण्डुप तामाङले जिल्ला प्रशासन कार्यालयललाई पत्र लेखेका छन् । रसुवागढी नाका गोसाइकुण्ड गाउँपालिको वडा २ नम्बर दुईमा पर्दछ ।

‘नेपाल सरकारको उक्त निर्णयप्रति यस वडा कार्यालय घोर आपत्ति जनाउँदै फिर्ता लिन अनुरोध गर्दछ’ वडाअध्यक्ष तामाङको पत्रमा भनिएको छ, ‘जबसम्म महामारी रोग नियन्त्रण हुँदैन तबसम्म यस रसुवागढी नाका तथा वडा क्षेत्रमा आवतजावत नगर्न समेत जानकारी गराउँदछु ।’

वडाअध्यक्ष तामाङले सरकार कोरोना भाइरस फैलाउनेतिर अग्रसर भएको गम्भीर आरोप समेत लगाएका छन् । रसुवागढी नाका सञ्चालन गर्ने निर्णय गरी सरकारले जनताको शान्तिसँग बाँच्न पाउने अधिकार हनन गरेको उनको अर्को आरोप छ ।

‘राज्यले रसुवागढी नाका सञ्चालन गर्ने निर्णय गरी जनताको शान्तिसँग बाँच्न पाउने अधिकार हनन भई आमजनतामा मानसिक तनाव तथा आतकिंत पार्ने काम भएको छ’ पत्रमा उल्लेख छ ।

कोरोनाको संक्रमित बढिरहेको र लकडाउन जारी रहेको अवस्थामा अन्तर्राष्ट्रिय सीमा नाका खोल्न नहुने वडाअध्यक्ष तामाङको मुख्य तर्क छ ।

नाका खोल्ने निर्णयपछि गाउँले डराए : वडाध्यक्ष तामाङ

वडाअध्यक्ष दावा दिन्डुप लामाले नाका खोल्ने निर्णयसँगै स्थानीय वासिन्दा डराउन थालेकाले नाका खोल्न नहुने बताए । ‘नाका खोल्ने भनेपछि बाहिरका मान्छे गाउँमा आउन थालेका छन्, अहिले गाउँलेहरु त्रसित हुन थालेका छन्’ उनले भने ।

सरकारले सुरक्षा सतर्कता अपनाउने र चीन गएका मानिस नेपाल प्रवेश नगर्ने गरी नाका सञ्चालन गर्ने भनेको छ नि भन्ने प्रश्नमा वडाध्यक्ष लामाले भने ‘त्यो भने पनि भन्याजस्तो कहाँ हुन्छ र !’

औषधि र अत्यावश्यक सामान सुरक्षा सतर्कता अपनाएर ल्याउन सकिने भए पनि नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउन नहुने उनको भनाइ छ ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै गत माघ १५ देखि रसुवागढी नाका बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?