+
+

विदेशबाट फर्किनेको जानकारी दिनेलाई पुरस्कार !

रासस रासस
२०७६ चैत १८ गते १२:११

१८ चैत,  सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गाउँमा विदेशबाट फर्किनेको जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।

टोलटोलमा माइकिङ गरेर गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएकाको जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

वैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । प्रत्येक वडामा १५/१५ शय्यासहितको क्वारेन्टाइन र तीन स्थानमा पाँच शय्याको आइसोलेसन कक्ष निमार्ण गरेको उनले बताए ।

गाउँपालिकाले अति विपन्न परिवारलाई खाद्यान्न राहत प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उद्धव ढुङ्गानाका अनुसार तीन थान पीपीई, ३ थान गन फर फिवर र केही औषधि रहेका छन् ।

नेचासल्यान गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्यारेन्टाइनमा राखेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको महाकुलुङ्ग गाउँपालिकामा वैदेशिक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्वारेनटाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिए ।

सोताङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट आउनेको अवस्था समेत पहिचान गरेको छैन ।

विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बु पासाङल्हामु गाउँपालिकाले ९ शय्याको आइसोलेसन कक्ष र ४ वटा क्वारेन्टाइन स्थापना गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?