+
+

बेल्जियममा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या हजार नाघे

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १८:०७

कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । बिहीबार बेल्जियमको एफपीएस पब्लिक हेल्थले दिएको जानकारी अनुसार, मुलुकमा भाइरसको कारण मृत्यु हुनेको संख्या एक हजार ११ पुगेको हो । बुधबार एकैदिन बेल्जियममा एक सय ८३ जना मानिसको मृत्यु भएको हो । यससँगै समग्रमा मृत्यु हुनेको संख्या एक हजार नाघेको हो ।

द ब्रसेल्स टाइम्सका अनुसार, अहिले मुलुकमा समग्र संक्रमितको संख्या १५ हजार तीन सय ४८ पुगेको छ । चीनको वुहानबाट सुरु भएको यो भाइरसबाट संक्रमितको हुनेको संख्या ९ लाख ५० हजार नाघिसकेको छ भने यसबाट ४८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । सुरुमा चीनमा देखिएको यसको प्रभाव पछिल्लो समय भने अमेरिका र युरोपमा धेरै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?