+
+

अमेरिकामा कोरोनाबाट मृत्यु हुने सात हजार नाघे

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते ९:०२

२१ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या सात हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या सात हजार एक सय ५२ पुगेको हो ।

अहिलेसम्म अमेरिकामा समग्र संक्रमितको संख्या दुई लाख ७७ हजार पुगेको छ । जसमध्ये करिब १० हजार मानिस निको भएर घर फर्केका छन् । चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को महामारी अहिले विश्वभर फैलिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भाइरस नियन्त्रणको जिम्मा सम्बन्धित राज्यका गभर्नरलाई सुम्पिएको बताएका छन् । यसअघि उनले भाइरस नियन्त्रणका लागि उचित कदम नचालेको भन्दै उनको आलोचना हुँदै आएको थियो ।

अमेरिका कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक बनेको छ । अहिले विश्वभर कोभिड–१९ बाट संक्रमित हुने मानिसको संख्या १० लाख ९८ हजार नाघेको छ भने अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५८ हजार नौ सय नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?