
खासगरी महिलाहरु श्रीमान तथा बच्चाहरुलाई त निकै ध्यान दिन्छन्, तर त्यस क्रममा आफैंलाई बेवास्ता गर्न थाल्छन् । युवावस्थामा त ठिकै हो, अधिकांश महिलाहरुले सबै कुरा सहन्छन् । तर जब उमेरले ४० वर्ष टेक्छ, महिलाहरुले आफ्नो बारेमा पनि सोच्न थाल्नु पर्छ । यो उमेरमा फिट रहनका लागि के गर्ने ? कसरी जवान रहने ?
१. क्याल्सियम र आइरन हासिल गर्नु पर्छ
चिकित्सकका अनुसार नेपाली महिलाहरुमा आइरन तथा क्याल्सियमको कमी पाइन्छ । एक पटक यी दुबैको परिक्षण गराउनु पर्छ र खानपानमा त्यस्ता चिजहरु समावेश गर्नु पर्छ, जसमा यीनको मात्रा अत्यधिक होस् । यीनिहरुको ट्याब्लेट लिनु पर्छ भने पनि आनाकानी नगर्नु होला ।
२. स्वास्थ्यका लागि एक कप
कफी हाम्रो साथी जस्तै हो । यसमा हुने कफीनले बोसोलाई इनर्जीमा परिवर्तन गर्नका लागि प्रेरित गर्छ । यही काम ग्रीन टीले अmभ राम्ररी गर्छ् । त्यसैले यी दुबै पेय पदार्थलाई आफ्नो साथी बनाउँदा फरक पर्दैन ।
३. वेट लिफ्टिङ गर्नु पर्छ
तपाईं यसअघि कहिलेपनि जीमखानामा भर्ना भएकै हुनुपर्छ भन्ने छैन । अहिले आएर तपाईंका मांशपेशीहरु कमजोर हुन थालेका छन् । वेट लिफ्टिङले तिनलाई मजबुती प्रदान गर्छ । महिलाहरु वेट लिफ्टिङ गर्न त्यति रुचाउङ गर्न त्यति रुचाउँदैनन्, तर यसका थुप्रै फाइदाहरु छन् । जिम जान भ्याउनु हुन्न अथवा सक्नु हुन्न भने यसको व्यवस्था तपाईंले आफ्नो घरमा भए पनि गर्नु पर्छ ।
४. रुटिन परिवर्तन गर्नुहोस्
यदि तपाईं योगा गर्नु हुन्छ अथवा बिहान हिंड्नु हुन्छ अथवा लामो समयदेखि यीनै कामहरु गर्दै आइरहनु भएको छ भने अब तपाईंले आफ्नो यो रुटिनमा केही परिवर्तन ल्याउने बेला भएको छ । स्वास्थ्य विशेषज्ञहरुसंग सल्लाह लिएर अन्य केही कामहरुलाई थप्नु पर्छ भने केही कुरा बन्द गर्नु पर्छ । तपाईंले हिंड्ने समय पनि परिवर्तन गर्न सक्नु हुनेछ ।
५. सप्लिमेन्टहरुको प्रयोग
यो उमेरमा तपाईंले सबैभन्दा बढी चिन्ता आफ्ना जोर्नीहरुको तथा हड्डीहरुको गर्नु पर्छ । क्याल्सियमको बारेमा हामीले कुरा गरिसकेका छों । तपाईं भिटामिन डी, सी तथा ईका बारेमा ध्यान दिनु पर्छ । भिटामिन सी तथा ईलाई एकै साथ लिनु पर्छ । यदि तपाईं व्यायाम गर्नु हुन्छ भने त्यो भन्दा एक घण्टाअघि डाक्टरसंगको सल्लाहमा सप्लिमेन्टहरु छनोट गर्न सक्नु हुनेछ ।
६. हाउभाउमा ध्यान दिनु पर्छ
पुरुषहरुको तुलनामा महिलाहरुको काँध, गर्दन तथा कम्मरको दुखाईको गुनासो बढी हुन्छ । यसको प्रमुख कारण बस्ने र सुत्ने तरिकामा हुने गडबडीले गर्दा हो । अबदेखि यो कुरामा ध्यान दिनु होला । फिजियोथेरापिस्टसंग कुरा गरेर कसरी बस्ने, कसरी सुत्ने आदिका बारेमा जानकारी लिनु पर्छ ।
७. दिमागबाटै तयार हुनु पर्छ
आफैंलाई परिवर्तनका लागि तयार गर्नु पर्छ । लेखहरु पढेर अथवा मनमा सोचेर केही पनि हुँदैन, यदि स्वस्थ रहन चाहनु हुन्छ भने यसलाई उदेश्य बनाउनु पर्छ । प्रारम्भमा मानिसहरुले तपाईंको टिका–टिप्पणी गर्नेछन्, तर त्यसप्रति तपाईले ध्यान नै दिनु हुँदैन । म गर्छु, म गर्न सक्छु, म गर्न चाहन्छुको साटो म गरिरहेकी छु, म गइरहेकी छु जस्ता शब्दहरु प्रयोग गर्नु पर्छ ।
८. स्पोर्ट्स शूज लगाउनु पर्छ
हुनसक्छ, तपाईंलाई बानी नै नहोस्, तर हिंड्ने बेलामा जहिले पनि स्पोर्ट्स शूज नै राम्रो हुन्छ । आफ्नो रोजाइको जुत्ता किन्नु होस् र त्यही लगाएर हिंड्न थाल्नुहोस् अथवा जिम जानु होस् ।
९. गल्तीदेखि नडराउनु होला
यदि कुनै सकारात्मक परिणामहरु आएका छैनन् भने पनि चिन्ता लिनु पर्ने कारण छैन । दोस्रो पटक नयाँ तरिकाले काम थाल्नु पर्छ, सफलता हात लाग्छ । विशेषज्ञहरुको सहयोग लिनुमा कुनै हानी छैन ।
१०. सबैलाई भन्नु पर्छ
तपाईं जे सुकै गरिरहनु भएको छ तथा जे कुरा गर्न चाहनु हुन्छ, त्यसको बारेमा आफूसंग सम्बन्धित व्यक्तिहरुलाई अवश्य बताउनु पर्छ । ताकि उनीहरुले तपाईंको सफलतामा तपाईंलाई वधाइ दिउन् र तपाईंलाई ‘आज जिम जानु पर्दैन…’ भनेर जिस्काउन् ।
११. खानपिन र सुत्ने तालिका
रातिको खाना सुत्नुभन्दा दुई घण्टा पहिला खानु पर्छ । खाना खाएपछि कम्तिमा एक सय कदम हिंड्नु पर्छ, तर खाना खाने बित्तिकै होइन, एकैछिन् पछि हिंड्न थाल्नु पर्छ ।
१२. स्पा तथा मसाज
हप्तामा एक पटक यदि तपाईंसंग पर्याप्त पैसा छ भने मसाज तथा स्पाको फाइदा पनि उठाउनु पर्छ । होइन भने घरमा कसैलाई भनेर आफ्नो शरीरमा मसाज गराउनु पर्छ । माया–प्रेमले सबैलाई राम्रै गर्छ ।
१३. दिनको थालनी फलफूलबाट
दिनको थालनी कुनै फलफूलबाट गर्नु पर्छ । स्याउ सबैभन्दा राम्रँे फल हाो । नत्र कुनै पनि मौसमी फल भए पनि खानु पर्छ । स्वास्थका लागि अनार जति राम्रो हुन्छ, त्यति नै राम्रो अम्बा पनि हुन्छ ।
१४. अमला र बेलको तितौरा
पेटलाई दुरुस्त राख्नका लागि बेलको तुलना अरु कुनै फलसंग हुँदैन । बेललाई फलको रुपमा त प्रयोग गर्न सकिन्छ नै, यसका साथै यसलाई तितौरा, पाउडर तथा सिरपको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अमलाको तितोरा पनि आफूसंग राख्नु पर्छ ।
१५. दिनमा दुई पटक
यदि आरामदायी अनुभव गर्न चाहनु हुन्छ भने दिनमा दुई पटक पेट सफा गरेको राम्रो । यसले शरीरले हल्कापन महसुस गर्नेछ ।
१६. . पिएको पियै गर्नु पर्छ
यसलाई मदिरा नसम्झनु होला । हामी पानीको कुरा गर्दैछौं । पानी कुनै टोनिकभन्दा कम हुँदैन । पानीलाई सधैं आफूसंगै राख्नु पर्छ र बेला–बेलामा पिइरहनु पर्छ ।
१७. प्रोटीनसंग प्रेम
प्रोटीनले तपाईंको कमजोर हुन थालेका मांशपेशीहरुलाई नयाँ जीवन प्रदान गर्छ । त्यसैले अब तपाईंले यसको मात्रा बढाउनु पर्छ । यसले मेटाबोलिज्मलाई तिब्र बनाउँदै बोसो काट्नमा पनि सहयोग पु¥याउँछ ।
१८ . चेकअप गर्नु पर्छ
चिकित्सकको सल्लाह अनुसार सुगर, कोलेस्ट्रोल, थाइराइड तथा एचबीको परिक्ष्ँण गराइरहनु पर्छ । जहाँ केही गडबड जस्तो लाग्छ, डाइड प्लान त्यही अनुसार गर्नु पर्छ ।
१९. रिसाउन छाड्नु पर्छ
यो कुरा अति नै आवश्यक छ । कहाँ के डढ्यो, कहाँ के फल्यो आदि कुराको बारेमा ध्यान दिने काम तपाईंकै हो, तर तपाईंले तनाव लिनु आवश्यक छैन । बच्चाहरुलाई आफैं सिक्न दिनुपर्छ । खुशी रहनु भनेको एक सय वटा बिरामीहरुको उपचार हो ।
प्रतिक्रिया 4