Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७३ पुग्यो, आठ हजारभन्दा बढी संक्रमित

३० चैत, काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय ७३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

साथै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि आठ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा समग्र संक्रमितको संख्या आठ हजार तीन सय ५६ पुगेको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा बढी एक सय २७ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा संक्रमितको संख्या पनि एक हजार सात सय ६१ पुगेको छ । त्यस्तै, मध्यप्रदेशमा ३६, गुजरातमा २२ र दिल्लीमा १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

दिल्लीमा संक्रमितको संख्या एक हजार नाघेको छ । दिल्लीमा एक हजार ६९ संक्रमित पुगेका छन् भने तामिलनाडुमा नौ सय ६९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म भारतमा सात सय १६ जना संक्रमित निको भइसकेका छन् । कोरोना भाइरसको महामारी बढेसँगै भारतले २१ दिनको लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यद्यपि लकडाउन कहिलेसम्म लम्बिने हो भन्ने विषयमा भने आधिकारिक निर्णय आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment