+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वैशाखमा पनि जाडो किन ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते १७:५६

१३ वैशाख, काठमाडौं । शनिबार काठमाडौंको अधिकतम तापक्रम २२-२४ डिग्री सेल्सियस मापन भयो । यो तापमान गत वर्षकोभन्दा ३ डिग्री सेल्सियस कम हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अभिलेख अनुसार २०७६ वैशाख १३ गते अधिकतम तापक्रम २५-२७ डिग्री सेल्सियस मापन भएको थियो ।

वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार प्रि-मनसुनी वर्षाका कारण तापक्रम घटेको हो। वर्षासँगै परेको हिउँले पनि तापक्रम घटाएको उनको भनाइ छ ।

लकडाउनका कारण उद्योग, कलकारखाना, यातायात सञ्चालन नहुँदाको असर भने तापक्रममा ज्यादै न्यून मात्रामा परेको मौसमविद्हरू बताउँछन् । तामपक्रम कम हुनुमा लकडाउन महत्वपूर्णकारक नरहेको उनीहरूको भनाइ छ ।

चिसो हुनुको खास कारण

शनिबार काठमाडौंमा ५ मिलिमिटर वर्षा भयो । मौसमविद्हरूकाअनुसार पानी परेका बेलामा हावामा जलवाष्प धेरै हुन्छ।

जलवायु विश्लेषक ङमिन्द्र दाहालकाअनुसार प्रि-मनसुनमा पनि चिसो हावाले नै निरन्तरता पाउँछ ।

‘यतिबेला उत्तर-पश्चिमबाट दक्षिणतर्फ बग्ने हावाको बहाव बढ्दो छ’ दाहाल भन्छन्, ‘हावाको त्यही बहाबले गर्दा काठमाडौंमा जाडो महसुस भएको हो ।’

नेपालमा सामान्यतया २७ जेठबाट मनसुन सुरु हुन्छ। मनसुनको वर्षा भने न्यानो हुन्छ ।

प्रि-मनसुनमा पर्याप्त वर्षा

दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चको रिर्पोटअनुसार यो वर्ष प्रि-मनसुनमा नर्मल वर्षा हुन्छ। ‘मञ्चको रिर्पोटको अर्थ हो यो वर्ष प्रि-मनसुनमा पर्याप्त पानी पर्छ’ वरिष्ठ मौसमविद् शाक्य भन्छन्।

नेपालमा वर्षा हुने नहुने कुरा प्रशान्त महासागरको पानी चिसो वा तातो हुने कुरासँग जोडिएको छ । महासागरको पानी औसतभन्दा बढी तातो हुनुलाई एल-लिनो भनिन्छ ।

शाक्यकाअनुसार प्रशान्त महासागरमा एनलिनो तटस्थ बस्दा दक्षिण एसियामा बढी वर्षाको सम्भावना हुन्छ । उनी भन्छन्, ‘यो वर्ष एल-लिनो निष्कृय भएकाले नेपालमा प्रि-मनसुनमा पर्याप्त पानी पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?