+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भेरीको कोरोना प्रयोगशालामा स्वास्थ्य सामग्री अभाव   

रासस रासस
२०७७ वैशाख १५ गते १८:०१

१५ वैशाख,  राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित कोरोना प्रयोगशालामा अत्यावश्यक सामग्री अभाव भएको छ । एक हप्ताअघि सञ्चालनमा आएको कोरोना भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपीसीआर)मा शङ्कास्पद बिरामीको स्वाब नमुना संकलन गर्ने सामग्री भीटीएमको अभाव भएको अस्पतालका निमित्त प्रमुख डा‍. प्रकाश थापाले जानकारी दिए ।

आइसोलेसन अस्पतालमा रहेका कोरोना शंकास्पद बिरामीको स्वाब नमुनाका रुपमा खकार र्‍याल संकलनका लागि भीटीएमको प्रयोग हुन्छ । अस्पतालमा रहेका बिरामीको भिटिएममा नमुना संकलन गरी प्रयोगशालासम्म पुर्‍याएर आरटीपीसीआर यन्त्रमार्फत कोरोना भाइरस परीक्षण गर्ने गरिएको छ ।

डा. थापाले भिटिएमको अभाव भएकाले गर्नैपर्ने व्यक्तिको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने गरिएको बताए । भीटीएम अभाव हुनासाथ प्रदेश र केन्द्रमा माग गरिए पनि आइनपुगेका कारण कोरोना परीक्षणमा समस्या हुने गरेको उनको भनाइ छ ।

यही वैशाख ७ गतेदेखि भेरी अस्पतालको प्रयोगशालामा आरटीपीसीआर यन्त्रमार्फत कोरोना भाइरस परीक्षण सुरु गरिएको थियो । भेरी अस्पतालमा बाँके, बर्दिया र दाङबाट कोरोना परीक्षणका लागि स्वाब नमुना आउने गरेको छ । ‘कोरोना भाइरस परीक्षण बिरामी सीधै प्रयोगशालामा आएर गर्ने होइन, अस्पतालमा भर्ना भएपश्चात् जाँच गराउनुपर्ने आवश्यकताका आधारमा अस्पतालले स्वाब नमुना सङ्कलन गरेर पठाउनुपर्छ’, डा. थापाले भने, ‘कोरोना परीक्षण गराउनुपर्ने अवस्थाका बिरामी नहुनु राम्रो हो तर अस्पतालसम्म नपुगेका वा अस्पतालबाट पनि नमुना संकलन हुन नसकेमा चिन्ता मान्नुपर्छ ।’

बाँके र बर्दियाका शंकास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालको प्रयोगशालामा सञ्चालनमा आएको आरटीपीसीआर यन्त्रबाट एक दिनमा कम्तीमा ७० देखि एक सय जनाको नमुना परीक्षण गर्न सकिने डा थापाको भनाइ छ । भेरी अस्पतालमा कोरोना परीक्षण यन्त्र सञ्चालनमा नआउँदा जिल्ला स्वास्थ्य कार्यालयले अस्पतालमा भर्ना भएका आशंकित बिरामीको स्वाब नमुना संकलन गरेर काठमाडौं र भैरहवास्थित प्रयोगशालामा पठाउने गरेको थियो ।

भेरी अस्पतालमा यन्त्र सञ्चालन भएपछि नमुना संकलन गर्ने कार्य स्वास्थ्य कार्यालयबाट बन्द भएको कार्यालय प्रमुख धीरजङ्ग शाहले जानकारी दिए । माग भएअनुसारको परिमाणभन्दा न्यून मात्रामा प्रदेशबाट पठाइने गरिएकाले भिटिएमलगायत स्वास्थ्य सामग्रीको अभाव हुने गरेको शाहले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?