+
+

अज्ञात रोगले सिन्धुपाल्चोकमा भैंसी र बाख्रा मरे

रासस रासस
२०७७ वैशाख २२ गते १३:२६
फाइल तस्वीर

२२ वैशाख, सिन्धुपाल्चोक । अज्ञात रोगबाट सिन्धुपाल्चोकमा २ वटा लैनो भैंसी र ७ वटा बाख्रा मरेका छन् ।

चौतारा सागाचोकगढी नगरपालिका-३ बतासे भुस्लुङ गाउँमा स्थानीय मानकुमारी थापा र कर्णबहादुर धितालको लैनो भैंसी आइतबार मृत फेला परेको स्थानीय शैलेन्द्र सिलवालले जानकारी दिए ।

८-१० घण्टाको अवधिमा सातवटा बोका तथा बाख्रा पनि मरेका छन् । अन्य थुप्रै बिरामी परेको वडा सदस्य खिकबहादुर थापाले बताए ।

नगरपालिकाका अन्य केही वडामा पनि फाट्टफुट्ट बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् ।

गाउँमा एउटा दुहुना भैंसीको ८० देखि ९० हजार रुपैयाँसम्म मूल्य पर्छ । यसरी मरेका भैंसीमा रोगको कुनै लक्षण नदेखिएको र बाख्रामा भने घुँडा सुन्निने र सामान्य छेर्ने लक्षण देखिएको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?