Comments Add Comment

सरकारलाई कांग्रेसले भन्यो- कोरोना परीक्षणको दायरा बढाऊ

२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन माग गरेको हो । एकै दिन १५ जना कोरोना संक्रमित भेटिएको बाँकेमा उच्च सतर्कता अपनाउँदै आवश्यक स्वास्थ्य सामग्रीसहितको विशेषज्ञको टोली परिचालन गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग सोमबार टेलिफोनमा कुराकानी गर्दै संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गरी तीव्र परीक्षण गर्न र थप संक्रमण फैलन नदिन सावधानी अपनाउन आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment