+
+

रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते १६:४४

२५ वैशाख, काठमाडौं । रोल्पामा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लुंग्री गाउँपालिका-२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुन रहेका छन् ।

बिहान करिब ८:३० बजेको समयमा विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटना स्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले अनलाइनखबरलाई जानकारी दिए । विक र पुन दुवै छिमेकी हुन् ।

प्रहरीका अनुसार चट्याङ लागेर विकको बाख्राको एउटा पाठो समेत मरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?