+
+

सामाजिक काममा पलको सक्रियता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १२:०९

नायक पल शाहले लकडाउनको समयमा पनि सामाजिक कामलाई भने निरन्तरता दिइरहेका छन् ।

पलले लकडाउन भएको केही दिनमै चलचित्र प्राविधिकहरूका लागि करिब पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका थिए । उनले, केही चरण लगाएर प्राविधिकलाई समेत राहत वितरण गरेका हुन् ।

चलचित्र क्षेत्रमा पलले नै पहिलो पटक यो कामलाई अगाडि बढाएका थिए । यसपछि, अन्य कलाकारहरूले पनि प्राविधिकहरूलाई सहयोग गरे । उनै, पलले सामाजिक कामलाई रोकेका भने छैनन् । केही समय अगाडि उनी एक बालआश्रम पुगेर बालबालिकालाई खाना खुवाएका थिए।

पलले, भक्तपुरको सानोठिमी चोक, भक्तपुर क्यान्सर अस्पताल र सूर्यविनायक चोकमा रहेका मानिसहरूलाई खाना खुवाएका छन् । मानव सेवा आश्रमसँग मिलेर उनले यो काम गरेका हुन् ।

चलचित्र क्षेत्रमा लागेसँगै पलले सामाजिक कामलाई पनि निरन्तरता दिइरहेका छन् । पलको यो कामको सबैतिरबाट प्रशंसा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?