+
+

एमसीसी चोर बाटोबाट पारित गराउन खोजियो : मोहन वैद्य

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १०:१५

६ जेठ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा उल्लेखित योजनालाई नीति तथा कार्यक्रममा राखेकामा विरोध जनाएको छ ।

एमसीसी सम्झौतामा उल्लिखित लप्सीफेदी–रातमाटे–हेटौडा, लप्सीफेदी–रातमाटे–दमौली–बुटवल तथा बुटवल–गोरखपुरको ४०० केभी प्रसारण लाइनको निर्माण कार्यलाई नीति तथा कार्यक्रममा समावेश गराई चोर दुलोबाट एमसीसीलाई संसदद्वारा पारित गराउने धृष्टता गरेको महासचिव मोहन वैद्यले बताएका छन् ।

उनले एमसीसी सम्झौताले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पु¥याउने भन्दै यसलाई स्वीकृति दिने गरी नीति तथा कार्यक्रम पारित नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

सरकारद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेतलाई समेटी नयाँ नक्सा बनाएर सार्वजनिक गर्ने निर्णय गर्नुलाई नेकपा क्रान्तिकारी माओवादीले सकारात्मक भनेको छ ।

यो निर्णयलाई दृढ कार्यान्वयन गर्न, भारतीय सुरक्षा फोर्सलाई कालापानी क्षेत्रबाट हटाउन पनि क्रान्तिकारी माओवादीले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?