Comments Add Comment

वडाध्यक्षसहित २ मृतकको काेराेना रिपोर्ट नेगेटिभ

१४ जेठ, कैलाली । कैलाली र कञ्चनपुरमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो ।

बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा उनको स्वाब संकलन गरिएको थियो ।  अस्पताका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार उनकाे रिपोर्ट नेगेटिभ आएको छ ।

सेती अस्पतालको आइसुलेसनमा बसेका कैलाली गौरी गंगा नगरपालिका–७, कैलालीका ५५ वर्षीय पुरुषको बुधबार बिहान ६ बजे मृत्यु भएको थियो । उनको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment