+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुनको भन्सार महशुल बढ्याे, डिजेल, पेट्रोल, मट्टितेल पनि महंगिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते २२:१०

१५ जेठ, काठमाडौं । सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

यसैगरी सरकारले चुरोट, सिगार, पानमसला, गुट्खाजस्ता वस्तुमा स्वास्थ्य जोखिम कर वृद्धि गरेको छ। त्यसकारण यसको अम्मलीहरूले अब अझै बढी खर्च गर्नुपर्ने भएको छ। सरकारले करिब एक दर्जन वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाउने घोषणा समेत गरेको छ ।

उद्योगहरूले ल्याउने औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको तुलनामा एक तह कम हुने गरी केही वस्तुमा भन्सार महसुल घटाउने निर्णय भएको समेत अर्थमन्त्रीले उल्लेख गरेका छन् ।

हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहना भने महँगो हुने भएको छ । किनभने सरकारले यी वस्तुको भन्सार महसुल बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?