१५ जेठ, जनकपुरधाम । प्रदेश २ का सांसदको कोरोना परीक्षण थालिएको छ । प्रदेशसभाको अधिवेशन मिति आउन ६ दिन बाँकी हुँदा यहाँका सांसदहरूको कोरोना परीक्षण थालिएको हो ।
बिहीबारदेखि थालिएको परीक्षण तीन दिनसम्म रहनेछ । पहिलो दिन उप–सभामुख उपमा कुमारी देवसहित केही सांसदको स्वाब संकलन भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
उनका अनुसार, प्रदेशका १ सय ७ सांसद, प्रदेशसभा सचिवालयमा खटिएका ७२ प्रहरी र ६० कर्मचारीको कोरोना परीक्षण हुनेछ ।
प्रदेशसभाको चौथो अधिवेशन आगामी जेठ २१ गते आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेपछि सांसद र कर्मचारीको स्वाब संकलन सुरु गरिएको सभामुख यादवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4