+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्वदेश फर्किन प्रदेश २ का सातवटा नाका मात्रै खुल्ला रहने

श्रवण देव श्रवण देव
२०७७ जेठ १५ गते २१:०८

१५ जेठ, जनकपुरधाम । भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन प्रदेश २ का सातवटा नाकामात्र सञ्चालनमा आउने भएको छ। सप्तरीस्थित कुनौली नाका, सिराहास्थित ठाडी र माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै नेपाली भारतबाट आउन पाउनेछन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नेपाल सरकारको जेठ १२ गते मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको जानकारी दिए।

भारतबाट आउने क्रममा बुधबार बिहान धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र यादवको जटही नाकामै मृत्यु भएको थियो । यादवसँगै भारतबाट आएका झण्डै दुई सय जनाको समूहको भिड अनियन्त्रित भएपछि प्रहरीलाई पनि समस्या भएको थियो ।

धनुषाको भने दुईवटै प्रमुख नाका जटही र खजुरी बन्द गरिएको छ ।

सरकारको यो निर्णयअनुसार प्रदेश १ को पशुपतिनगर, काँकडभिट्टा र मोरङको रानी नाकाबाट पनि नेपाली स्वदेश फर्किन पाउनेछन् ।

प्रदेश ५ को नवलपरासी पश्चिमस्थित महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कपिलवस्तु र कृष्णनगर, बाँकेको जमुनाहा, बर्दियाको सुरतपुर, सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको तुलाघाट र दार्चुलाको दार्चुला नाकाबाट नेपाली आउन सक्नेछन् ।

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?