+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रुकुम घटनाको संसदीय समितिबाट छानबिन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १९:४१

१६ जेठ, बुटवल । रुकुमको चौरजहारीमा दलित युवकसहित पाँचजनाको मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न विभिन्न संघसंस्थाहरुले माग गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपभापति गोविन्द खनाल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी, उच्च अदालत बार एसोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्री, एडभोकेसी फोरम रुपन्देहीका शिवप्रसाद गौडेलले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी अविलम्ब संसदीय बिशेष समिति बनाई निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

रुकुम घटना जातीयताका कारण उत्पन्न भएको दावीसहित थप क्षति हुन नदिन सरकार गम्भीर बन्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । रुकुम चौरजहारीकी मल्ल थरकी युवतीसंग विवाह गर्ने भनी जाजरकोटका गएका नवराज विक सहित पांच जनाको केटी पक्षकाले लखेटेर आक्रमण गरी पाँचजनाको हत्या गरेको केटा पक्षको आरोप छ । एकजना अझै बेपत्ता छन् ।

दिउँसै बत्ती बालेर विरोध

रुकुम पश्चिमलगायत देशका विभिन्न स्थानमा जातीय विभदका आधारमा भएका घटनाको विरोधमा शुक्रबार बुटवलमा दिउँसै बत्ती बालेर प्रदर्शन गरिएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, प्रदेश ५ र रुपन्देही शाखाको आयोजनामा शुक्रबार बुटवल राजमार्ग चौराहामा ‘सरकार अध्यारोमा कहाँ छ, उज्यालो यहाँ छ’ नारासहित मैनबत्ती बालेर प्रदर्शन गरिएको हो ।

पत्रकार एवं अधिकारकर्मीहरुको सहभागितामा रुकुम घटनाका दोषीलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो ।

उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष एवं संविधानसभा सदस्य विनोद पहाडीले जातीय भेदभावका आधारमा दलित समुदाय कहिलेसम्म मारिनुपर्ने हो ? भनी प्रश्न गरे ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले रुकुमको नरसंहार मानव सभ्यताकै लागि कलंक भएको भन्दै दोषीलाई कारवाही नगर्दासम्म शान्ति समाज विरोधमा उत्रने प्रतिबद्धता जनाए ।

मुक्ति समाजका नेता जोगलाल विश्वकर्माले जातीयताकै कारण हत्या हुँदा पनि सरकारले दोषीलाई कारवाही नगर्दा सडकबाट सरकारको खोजी गर्दै बत्ति बाल्दै हिँड्नपरेको भन्दै यो विरोधलाई सामान्य नमान्न चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?