+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

‘लकडाउनले ६० हजार गर्भवतीहरू स्वास्थ्य सेवाबाट वञ्चित’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १४:०१

१८ जेठ, काठमाडौं । सांसदहरूले कोभिड-१९ महामारीबाट जोगिन लगाइएको लकडाउनका बेला गर्भवती, सुत्केरी तथा बालबालिकाको अकालमा ज्यान गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै सांसदहरूले गर्भवतीले आधारभूत स्वास्थ्य सेवा समेत नपाएको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद विद्या भट्टराईले लकडाउन अवधिमा ५६ जना सुत्केरीको मृत्यु भएको बताइन् ।

सांसद भट्टराईले प्रजनन् स्वास्थ्य सेवालाई संविधानले मानव अधिकारको रुपमा स्वीकारे पनि लकडाउनका बेला महिलाहरूले आधारभूत स्वास्थ्य उपचार समेत नपाएको बताइन्। ‘६० हजारभन्दा बढी गर्भवतीहरू स्वास्थ्य सेवाबाट बञ्चित छन्’, सांसद भट्टराईले भनिन्, ‘असुरक्षित गर्भपतनले गर्दा अकालमा ज्यान गइरहेको छ ।’

बैठकमा नेकपा नेतृ तथा सांसद बिन्दा पाण्डेले लकडाउनले गर्दा महिला अस्पतालमा सुत्केरी हुने महिलाको संख्या १० प्रतिशतभन्दा कम भएको उल्लेख गरिन् । उनले अस्पताल जान नपाएर गर्भवतीहरूले क्वारेन्टिनमै बच्चा जन्माउनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?