+
+

प्रवासी नेपालीद्वारा श्रमिकलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते ११:४८

२६ जेठ, काठमाडौं । रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीहरूले कोभिड-१९ महामारीबाट प्रभावित नेपालीहरूका लागि राहत वितरण गरेका छन् । अमेरिका, पोर्चुगल, बेलायत लगायतका देशका नेपालीहरूले काठमाडौं हनुमानढोका क्षेत्रका ३८ परिवारलाई राहत वितरण गरेका हुन ।

प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, तीन लिटर खानेतेल, पाँच केजी आलु, पाँच केजी प्याज र एक कार्टुन चाउचाउ उपलब्ध गराईएको सहयोगी मध्येकी खुशी राईले जानकारी दिइन् । दैनिक ज्याला मजदुरी गरेर खानेहरूलाई लक्षित गरेर राहत अभियान जारी राखेको उनको भनाइ छ ।

‘काठमाडौं लोकल्स’ नामक स्वयसेवी समूहमार्फत सहयोग वितरण गरिएको हो । स्वयमसेवकहरूले घरघरमै राहत पुर्‍याएका हुन ।

‘काठमाडौं लोकल्स’ले लकडाउन सुरु भएदेखि नै सडकका कुकुरहरूलाई खाना खुवाई रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?