+
+
Shares

सर्लाहीमा रुखको हाँगाले लागेर एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते १९:०९

७ असार, जनकपुरधाम । सर्लाहीमा टिपरले भाँचेको रुखको हाँगाले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्रह्मपुरी गाउँपलिका-६ की ४५ वर्षीया कैलासीय देवी रहेकी छन् ।

ब्रम्हपुरी गाउँपालिका-६ नोकैलवास्थित भित्री सडक खण्डमा ना ४ख५४४८ नम्बरको टिपरले ग्राभेल झारेर हाइड्रोलिक डाउन गर्ने क्रममा पिपलको हाँगा भाँचिएर खस्दा छहारीमा बसिरहेकी कैलासीय देवीको शरीरमा खसेको थियो ।

सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार रुखको छहारी मुनी बसिरहेकी कैलासीय देवीमाथि रुखको हाँगा खस्दा उनको घटना स्थलमै मृत्यु भएको हो ।

उनीसँगै छहारीमा बसेकी सोही ठाउँकी ४० वर्षीया प्रमिला देवी गम्भीर घाइते भएकी छन् । जिल्ला अस्ताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई वीरगञ्ज पठाइएको कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?