+
+

सरकार ढाल्न पाइँदैन भन्दै माइतीघरमा प्रदर्शन

चन्द्र आले चन्द्र आले
२०७७ असार १८ गते १८:०६

१८ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?