+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ग्लोबल आइएमई बैङ्कका सीईओले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १६:१४

२५ असार, काठमाडौं । ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । क्षेत्रीले दिएको राजीनामा पनि बैङ्कको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

बैङ्क बोर्ड श्रोतका अनुसार उनले केही साता पहिले नै पदबाट राजीनामा दिएका थिए । पेन्डिङमा रहेको राजीनामा बोर्डले बिहीबारमात्रै स्वीकृत गरेको बाेर्ड स्रोतले जानकारी दिएकाे छ ।

‘सीईओ सा’पले स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउँदै केही समय अगाडि नै राजीनामा दिनुभएको थियो, तर राजीनामाका विषयमा निर्णय भइसकेको थिएन’ बाेर्ड स्रोतले भन्याे, ‘उहाँको राजीनामा स्वीकृत गरेर बोर्ड बैठक भर्खरमात्रै सकिएको छ ।’

तत्कालीन दुई ठूला वाणिज्य बैङ्क (ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क नेपाल) मर्ज भएर ग्लोबल आईएमई बनेपछि क्षेत्री पुँजीका आधारमा मुलुकको सबैभन्दा ठूलो बैङ्कको सीईओ बनेका थिए ।

तत्कालीन जनता बैङ्कको सीईओ रहेका उनलाई बैङ्कको कार्यकारी नेतृत्व सुम्पिन दुवै बैङ्कका सञ्चालकहरू तयार भएका थिए ।

उनको राजीनामा स्वीकृत भएसँगै बैङ्कका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?