Comments Add Comment

पशुपति दर्शन खुला गर्ने तयारी

२८ असार, काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिर दर्शन खुला गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने गरी तयारी गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् ।

अब मुलुक बिस्तारै कोभिड-१९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्म स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन खुला गर्ने गरि तयारी शुरु गर्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले आइतबार कोषमा समक्षिा बैठक आयोजना गरेका थिए । बैठकमा उनले पशुपति दर्शनको तयारी शुरु गर्न निर्देशन दिएका हुन् । पशुपतिनाथ मन्दिरमा १० चैतपछि नियमित पूजा बन्द गरिएको छ । सन्ध्या आरती समेत बन्द रहेको छ ।

सरकारले कोरोना फैलन नदिन ११ चैतबाट लकडाउन शुरु गरेको हो । अहिले लकडाउन खुकुलो पारिएको छ । सरकारले सार्वजनिक यातायात समेत खुला गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment