+
+

सनराइजका ४ शाखा र १ विस्तारित काउन्टरको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १९:५७

२८ असार, काठमाडौं । सनराइज बैंकले चारवटा शाखा र एक विस्तारित काउन्टरको उद्घाटन गरेको छ।

आइतबार ब्यांकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले डिजिटल उद्घाटन समारोह मार्फत ४ वटा शाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरेका हुन्।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं बन्दाबन्दीलाई मध्यनजर गर्दै सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याएको ब्यांकले जनाएको छ।

ब्यांकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धिमा विस्तारित काउन्टर शुरु गरेको हो जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?