+

चतुरानन्द राजवैद्य एनओसीकाे कार्यकारी निर्देशक

२०७७ साउन  ८ गते ६:१६ २०७७ साउन ८ गते ६:१६
चतुरानन्द राजवैद्य एनओसीकाे कार्यकारी निर्देशक

८ साउन, काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन् ।

एनओसीकाे उपाध्यक्ष समेत रहेका राजवैद्यलाई एनओसीले बुधबार कार्यकारी निर्देशक नियुक्त गरेको हो । राजवैद्य एनओसीका कार्यकारी निर्देशक हुने पहिलो व्यक्ति हुन् । यसअघि एनओसीले कार्यकारी निर्देशक राखेकाे थिएन ।

बुधबारै एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले राजवैद्यलाई नियुक्ति पत्र प्रदान गरे ।

अल नेपाल टेबल टेनिस एसोसिएसनका अध्यक्षसमेत रहेका राजवैद्यले सन् १९८५ मा एमबीए गरेका थिए ।

उनी टेबल टेनिसका पूर्व नेपाल च्याम्पियनसमेत हुन् । उनी सन् २०४६ सालबाट टेबल टेनिस संघमा आबद्ध रहदै आएका छन् ।

नेपाल ओलम्पिक कमिटि
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय