+
+

नारायण नगरपालिकामा एकैदिन थपिए २३ जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १४:५९

११ साउन, सुर्खेत । सरकारले लकडाउन अन्त्य गरेसँगै दैलेखमा फेरि कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरु बढ्दै गएका छन् । कर्णाली प्रदेशको सबैभन्दा बढी संक्रमित भएको दैलेखमा पछिल्लो पाँच दिनयता मात्रै ७४ जना नयाँ संक्रमितहरु फेला परेका हुन ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार गत ७ गतेदेखि १० गतेसम्म प्रदेशमा ८९ जनामा संक्रमण देखिँदा दैलेखका मात्रै ५० जना रहेका छन् ।

दैलेख अस्पतालको प्रयोगशालामा ६२ जनाको स्वाब परीक्षण गरिएकोमा आइतबार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोरोना फोकल प्रशन थिरप्रसाद रेग्मीले जानकारी दिए ।

आइतबार नारायण नगरपालिकाका मात्रै २३ जनामा संक्रमण देखिएको छ । जसमा १३ जना महिला र १० जना पुरुष रहेका छन । संक्रमितमध्ये ७ जना सरकारी कर्मचारी र एकजना स्वास्थ्यकर्मी रहेको नगरपालिकाका सूचना अधिकारी प्रकाश विसीले जनाकारी दिए ।

एकजना संक्रमित भने दुल्लु नगरपालिका निवासी महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?