+

सिटी र रियलबीचको खेल बेलायती प्रधानमन्त्री जोनसनको हातमा !

२०७७ साउन  ११ गते १८:०७ २०७७ साउन ११ गते १८:०७
सिटी र रियलबीचको खेल बेलायती प्रधानमन्त्री जोनसनको हातमा !

११ साउन काठमाडौं । युरवपियन च्याम्पियन्स लिग अन्तर्गत म्यानचेष्टर सिटी र रियल मड्रिडबीच अन्तिम १६ को दोस्रो लेगको खेल अगष्ट ७ मा एतिहाड स्टेडियममा हुने तय थियो । तर पछिल्लो समयम बेलायतको कोरोनाभाइरस क्वारेन्टिनसम्बन्धी नियम परिवर्तन भएकोले यस खेल त्यही मैदानमा हुनेबारे शंका उत्पन्न भएको छ ।

नयाँ नियमअनुसार स्पेनबाट बेलायत जानेले १४ दिनको सेल्फ आइसोलेसन बस्नुपर्नेछ । जसले गर्दा रियल मड्रिडलाई यसले असर गर्न गर्न सक्नेछ । अब खेल आउन दुई साता भन्दा कम समय बाँकी छ ।

यद्यपि व्यावसायिक खेलाडीका लागि फरक नियम पनि हुन सक्नेछ तर यो सबे निर्णय गर्ने अधिकार अब बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उनको सरकारको हातमा छ ।

बेलयाती खेलकुदमन्त्री ओलिभर डोवडेनले यसअघि च्याम्पियन्स लिग र पर्मुला वानको खेल योजनाअनुसार अघि बढ्ने बताएका थिए । डोवडेनले शनिबार नयाँ नियम लागु भएपछि पनि यस बारेमा आफ्नो धारणा परिवर्तन नगरेको स्पानिस अनलाइन मार्काले उल्लेख गरेको छ।

अहिलेका लागि युरोपियन पुटबलको सर्वोच्च निकाय युइएफएले रियल मड्रिडसँग कुनै सम्पर्क गरेको छैन र युइएफए पनि बेलायत सरकारको निर्णयको पर्खाइमा छ ।

२०१९-२० सिजनको बाँकी खलेका लागि युइएफएले ट्राभल गर्ने क्लबका लागि ५० जनालाई मेदानभित्र प्रवेशको अनुमति दिनेछ । त्यसैले यी व्यक्तिलाई छुट दिनपर्नेछ ।

दोस्रो लेगमा खेलहरु बेलायत बाहिर हुने भएमा रियल मड्रिडका निर्देशकहरूले तयारी गरिरहेका छन् । च्याम्पियन्स लिगमा कवाटरफाइनलदेखिका सबै खेल पोर्चुगलको लिस्वनमा खेलाइनेछ । त्यो पनि विकल्पको रुपमा रहेको छ ।

लस ब्लान्कोस प्रशिक्षणमा फर्कनका लागि पनि तयार छ । जहाँ यूईएफएले उनीहरुको कोरोनाभाइरस परीक्षण गर्नेछन् । रियलले बार्सिलोनालाई पछि पार्दै यस सिजनको ला लिगा उपाधि जितिसकेको छ ।

पेप ग्वार्डिओलाको सिटीविरुद्ध दोस्रो लेगको खेल कहाँ खेल्नेबारे रियल निश्चित छैन । उनीहरू पहिलो लेगमा बेहोरेको २-१ को हारलाई उल्टाउन चाहन्छ । तर उनीहरूले चाँडै नै पत्ता लगाउनेछन् ।

अहिलेको लागि, यो बोरिस जोसनको हातमा छ।

बोरिस जोन्सन म्यान्चेस्टर सिटी रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय