Comments Add Comment

प्रदेश २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना पुष्टि

२२ साउन, जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो । स्रोतका अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ ।

मन्त्री यादव हालै काठमाडौंबाट फर्किएका थिए । ‘काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखियो,’ मन्त्री यादव निकट स्रोतले भन्यो ।

प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु काठमाडौं आएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment