Comments Add Comment

जब अभिभावक संस्थाको परिसरमा भक्कानिइन् पूजा…

यसअघि पनि तपाइ थुप्रै ट्रोलको शिकार हुनुभएको थियो, थुप्रै पटक विवादमा आउनुभएको थियो, तर यसपटक उजुरी दिनुपर्छ भन्ने किन लाग्यो ? अनलाइनखबरको यो प्रश्नमा जवाफ दिन खोज्दै गर्दा नायिका पूजा शर्माका आँखा रसाए । करिब १ मिनेट पूजा बोल्न सकिनन् । उनका आँखाबाट आँशु झरिरहेका थिए । छेउमै रहेका कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले हामी तिम्रो साथमा छौं, नरुनु भनेर संझाउँदै गर्दा पूजाका आँखा रसाउन छाडेनन् ।

केही समय अगाडि मात्र ट्रोलको शिकार बन्दा डिप्रेश भएकी पूजा विस्तारै त्यो पल विर्सिएर अगाडि बढ्ने क्रममा थिइन् । तर, एक टेलिभिजनमा आफ्नो शारीरिक बनावटमाथि नै टिप्पणी भएपछि पूजाको आँखा फेरि रसाए ।

पूजाको साथमा पुगेका निर्देशक सुदर्शन थापाले भने–‘यसअगाडिको घटनामा उनी डिप्रेशमा पुगिसकेकी थिइन् । तर, गल्ती आफ्नै हो भनेर सम्हालिने कोशिश गरिरहँदा टेलिभिजनबाट निरन्तर ह्यारेसमेन्ट गर्ने काम भयो । अन्तरवार्ता नदिएकै भरमा कसैमाथि यती तल्लो स्तरमा टिप्पणी गर्न कुन पत्रकार आचारसंहिताले दिन्छ ?’

पूजा आँशु पुछ्दै बोल्ने कोशिशमा थिइन् । सुदर्शन थापा र रविन्द्र खड्का बोलिरहँदा उनको आँखा रसाउन छाडेको थिएन । निरन्तर भोगिरहेको पीडाबाट गुज्रिएकी यी नायिकाको आँखा यसै रसाएको थिएन । सम्हालिदै पूजाले भनिन्–‘जब ममाथि गरिएको भिडियो मैले हेरेँ, मैले एकछिन त केही नै सोच्न सकिनँ । स्कुटी लिएर निस्कदा पनि कहाँ गैरहेकी छु भन्ने थाहा थिएनँ ।’

निरन्तर चलचित्र असफल हुँदा कैयौं पटक रोएकी पूजा पछिल्लो केही बर्षयता बल्ल सफलताको सिढी चढिरहेकी थिइन् । दर्शकको मायाले पूजालाई चलचित्र क्षेत्रमा स्थापित गरिरहेको थियो । तर, लकडाउनको समयमा विभिन्न खालका ट्रोल र आरोपबाट प्रताडित बनेकी यी नायिका त्यसलाई भुलेर अगाडि बढ्दै गर्दा फेरि एकपटक आफ्नो शारीरिक बनावटलाई लिएर गरिएको टिप्पणीले विक्षिप्त छिन् ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment